काठमाडौं : श्रीलंकाका तीव्र गतिका बलर धम्मिका प्रसाद राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टको रुपमा नेपाल आउने भएका छन्। नेपाल क्रिकेट संघ ९क्यान० ले ओमानमा हुने चारदेशीय सिरिज र टी–२० विश्वकप ग्लोबल छनोटको लागि बलिङ कन्सल्टेन्टको रुपमा उनलाई नेपाल ल्याउन लागेको जनाएको छ।
धाम्मिका ओमान भ्रमण सम्मका लागि नेपाल आउन लागेका क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले जानकारी दिए। उनी शुक्रबारसम्म नेपाल आइपुग्ने छन्।
‘बलिङ सुधारको लागि मात्र होइन सहायक प्रशिक्षकको रुपमा पनि काम गर्ने क्षमता भएका कारण पनि उनलाई बोलाइएको हो। उनी भिसा मिलाएर शुक्रबार आउँछन् होला,’ मल्लले नेपाल लाइभसँग भने।
३८ वर्षीय धाम्मिका लेभल थ्रीका प्रशिक्षक समेत हुन्। उनले गत अक्टोबरमा नेपालमा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्दै उच्च प्रदर्शन गरेका थिए।
उनले ईपीएलमा ६ खेलमा ८ विकेट लिएका थिए। धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडीआई र एक टी२० आई खेल खेलेका छन्। उनले टेस्टमा ७५ र ओडीआईमा ३२ विकेट लिएका छन्।
उनले २१ टी२० खेलमा १९ विकेट लिएका छन् भने १ सय ३० प्रथम श्रेणी र १ सय १९ लिष्ट ए खेल खेलेका छन्।
ग्लोबल छनोट ए मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि ८ टोली छन्। ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ुएुमा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन्। समूह ुबीुमा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन्। उद्घाटन खेलमा फागुन ६ ९१८ फेब्रुअरी० मा नेपाल र ओमानबीचको खेल हुनेछ।
ओमान भ्रमणको लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्य टोली घोषणा गरि सकेको छ। नेपाल फेब्रुअरी पहिलो साता ओमान जाने छ।