गृहपृष्ठ Featured कपिलवस्तुको विजयनगरमा वडाध्यक्षले सेवाग्राहीको सिफारिस च्यातेर जलाएपछि…

कपिलवस्तुको विजयनगरमा वडाध्यक्षले सेवाग्राहीको सिफारिस च्यातेर जलाएपछि…

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा नं ४ को वडा कार्यालयमा स्थानीयहरुले घेराउ गरेका छन् । सिफारिसको लागि कार्यालयमा पुगेका सेवाग्राहीको सिफारिस पत्र वडाध्यक्ष तिलकराम कँडेलले च्यातेर जलाएपछी स्थानियहरुले अक्रोस पोख्दै वडा कार्यालय घेराउ गरेका हुन् । बोरिङको सिफारिस सच्याउनु आउँदा वडाअध्यक्ष कँडेलले च्यातेर आगोमा जलाएको भन्दै नागरिक आक्रोशित भएका थिए ।

सिफारिस पत्रमा बुटवल लेखिएकोले उक्त स्थनमा लमहि दाङ लेख्नका लागि सिफारिस माग गरिएको पिडित जोखु राम थारुले बताउनु भयो । स्थानीय जोखिराम थारुले स्यालो टुुवेलको लागि वडा कार्यालयबाट सिफारिस लिएका थिए । थारुले वडाबाट पाएको सिफारिस गलत भएकोले सच्याएर पुनं सिफारिस माग गर्न जादाँ वडाअध्यक्ष कडेलले उक्त सिफारिस च्यातेर आगो लगाएका छन् ।

वडा अध्यक्षले सिफारिस च्यातेर आगो लगाएपछी स्थानिय अक्रोसित हुदै वडा कार्यालय घेराउ गरेको स्थानिय रामप्यारे यादवले जानकारी दिनुभयो । वडाअध्यक्षले गलत गरेकोले वडा कार्यालय घेराउ गरेको यादवले बताउनुभयो ।

सम्बन्धित् समाचार