गृहपृष्ठ Featured हिमपातले जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध

हिमपातले जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध

प्रकाशित मिति:

बिहीबार बेलुकादेखि परेको हिमपातले जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ । हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको हो ।

जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक थपिएका छन् । विद्युत् अवरुद्ध भएपछि झन्डै तीन हजार पाँच सय ग्राहक प्रभावित भएका छन् । विद्युत् अवरुद्ध हुँदा नागरिकले मोबाइलसमेत चार्ज गर्न नपाउदा एक–आपसमा खबर आदान–प्रदानमा समस्या भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत् पोल र तारमा क्षति पुगेको हुदा विद्युत् सेवा अवरुद्ध भएको छ ।

विद्युत् अवरुद्ध भएको क्षति यकिन गरी मर्मत गरेर पुनः सञ्चालनमा आउन समय लाग्ने भएको छ । अझै हिमपात भइरहेकोले मौसम खुलेपछि मात्रै क्षति यकिन र मर्मत कार्य हुने उनले बताए ।

सम्बन्धित् समाचार