गृहपृष्ठ Featured रूपन्देहीको मंगलापुर–कान्छीबजार सडक कालोपत्रे हुने

रूपन्देहीको मंगलापुर–कान्छीबजार सडक कालोपत्रे हुने

प्रकाशित मिति:

बुटवल : सडक निर्माण हुन नसक्दा लामो समय आलोचना खेप्दै आएको रूपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरदेखि कान्छीबजारसम्मको सडक कालोपत्रे हुने भएको छ । बुटवल–बेलहिया ६ लेन सडकखण्डको मंगलापुर चोकदेखि पूर्व ५ किलोमिटर सडक निर्माणको लागि शुक्रबार ग्लोबल टेण्डर आह्वान गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मंगलापुर–कान्छीबजार सडकखण्ड ग्लोबल टेण्डरमार्फत् निर्माण गर्न लागिएको नगरपालिकाभित्रको पहिलो विकासे आयोजना भएको जानकारी दिए ।

शुक्रबार निकालिएको ग्लोबल टेण्डरमा सडक निर्माणको लागि योग्यता पुगेका अन्तर्राष्ट्रिय निर्माण कम्पनीले पनि सहभागी हुन पाउने छन् । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत् निर्माण हुने यस सडकमा विश्व बैंकको आर्थिक सहयोग रहेको नगरप्रमुख घिमिरेले जानकारी दिए ।

सम्बन्धित् समाचार