गृहपृष्ठ Featured कृष्णनगर नगरपालिकाका नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

कृष्णनगर नगरपालिकाका नगर प्रमुख शाहसहित हजार बढी कार्यकर्ता कांग्रेसमा प्रवेश

वैखरी अनलाइन : कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नगरप्रमख शाह आज शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसहित हजार बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं.३ का सासंद अभिषेक प्रताव शाह, जिल्ला सभापति अब्दुल कलाम खाँ ले संयुक्त रुपमा स्वागत गरेका हुन् । नगर प्रमुख शाहसहित ३ वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ ।

सम्बन्धित् समाचार