गृहपृष्ठ Featured किसानका समस्या समाधानका लागि उच्च स्तरीय समिति गठन

किसानका समस्या समाधानका लागि उच्च स्तरीय समिति गठन

प्रकाशित मिति:

जनकपुरधाम : मधेस सरकारले प्रदेशका किसान समस्या पहिचान गरी समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।

समितिमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतो, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकास शर्मा सदस्य छन् ।

कृषि तथा पशुपन्क्षी विकास, किसानको मलखाद, बिउबिजन तथा सिंचाइ समस्या, बीमाको अवस्था, कृषि यान्त्रिकीकरणको अवस्था तथा कृषिसम्बन्धी आगामी रणनीति निर्माणसम्बन्धी प्रतिवेदन तयार गर्न समितिलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, कृषि सुधारको लागि गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी समितिलाई दिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।

अगामी १५ दिनभित्र अन्तरिम प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न समय दिएको मन्त्री साहले बताए ।

सम्बन्धित् समाचार