गृहपृष्ठ Featured पछिल्लो २४ घण्टामा थपिए १७१४ कोरोना संक्रमित, ४७७१ जना निको

पछिल्लो २४ घण्टामा थपिए १७१४ कोरोना संक्रमित, ४७७१ जना निको

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ५१३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ११०३ पिसिआर परीक्षणबाट र ६११ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ४७७१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ५२ हजार ७८० जना कोरोनाका सक्रिय संक्रमित छन्।

सम्बन्धित् समाचार