गृहपृष्ठ Featured राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको अध्यक्षमा पोख्रेल सर्वसम्मत

राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको अध्यक्षमा पोख्रेल सर्वसम्मत

प्रकाशित मिति:

कपिलवस्तु : नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको अध्यक्षमा महादेव पोख्रेल सर्वसम्मत  चयन भएका छन । नेकपा एमालेको भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा नेकपा एमाले शिबराज नगर कमिटी उपाध्यक्ष समेत रहेका पोखरेल चयन भएका हुन । उनी चेम्वर अफ कमर्श कपिलवस्तुका अध्यक्ष समेत हुन् । आज जिल्ला पार्टी कार्यालय तौलिहवामा भएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ कपिलवस्तुको जिल्ला भेलाबाट युवा व्यवसायी पोखरेल अध्यक्षमा सर्वसहमत चयन भएका हुन ।

यस्तै उपाध्यक्षमा कृष्ण गैरे र रुमान बहादुर जिसि, सचिबमा कृष्ण गैरे, उपसचिबमा सन्ध्या न्यौपाने र मधु सिग्देल, कोषाध्यक्षमा मनोहर अधिकारि तथा सह९कोषाध्यक्षमा माया पौडेल सहित ५८ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको छ । यस्तै भेलाले पालिका संयोजक हरु समेत चयन गरेको छ ।जसमध्ये कृष्णनगर नगरपालिका संयोजकमा अरुण कुमार श्री९वास्तव, शिबराजमा अर्जुन प्रसाद बेल्बासे, बिजयनगर संयोजकमा तैलेश्वर खटिक, बाणगंगा नगरपालिका संयोजकमा झबिन्द्र खनाल, शुद्दोधन संयोजकमा मोहम्मद मोहिसगर गद्दि, महाराजगन्ज संयोजकमा दिनेश कुमार चौवे, मायादेबी संयोजकमा शम्भु शरण बानिया, यशोधरा संयोजकमा शिकन्दर देब मुसलमान, बुद्धभुमी संयोजकमा डम्मर देब पान्डे र कपिलवस्तु नगरपालिकाको संयोजकमा अर्जुन चौधरी चयन भएका हुन ।

यस्तै भेलाले जिल्ला भित्र रहेका सबै पालिका भित्र फाल्गुन १६ गते सम्म भेला बोलाइ पालिकाको कमिटी निर्माण गर्नका लागि पालिका संयोजकलाई जिम्मेवारी समेत दिएको छ ।जसमध्ये कृष्णनगर नगरपालिका संयोजकमा अरुण कुमार श्री९वास्तव, शिबराजमा अर्जुन प्रसाद बेल्बासे, बिजयनगर संयोजकमा तैलेश्वर खटिक, बाणगंगा नगरपालिका संयोजकमा झबिन्द्र खनाल, शुद्दोधन संयोजकमा मोहम्मद मोहिसगर गद्दि, महाराजगन्ज संयोजकमा दिनेश कुमार चौवे, मायादेबी संयोजकमा शम्भु शरण बानिया, यशोधरा संयोजकमा शिकन्दर देब मुसलमान, बुद्धभुमी संयोजकमा डम्मर देब पान्डे र कपिलवस्तु नगरपालिकाको संयोजकमा अर्जुन चौधरी चयन भएका हुन । यस्तै भेलाले जिल्ला भित्र रहेका सबै पालिका भित्र फाल्गुन १६ गते सम्म भेला बोलाइ पालिकाको कमिटी निर्माण गर्नका लागि पालिका संयोजकलाई जिम्मेवारी समेत दिएको छ ।

सम्बन्धित् समाचार