गृहपृष्ठ Featured थपिए १५७० जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

थपिए १५७० जना कोरोना संक्रमित, १३ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार बढीको कोभिड १९ परीक्षण गर्दा १ हजार ५ सय बढीमा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३६५ जनाको परीक्षण गर्दा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, ६ हजार १४६ जना संक्रमण मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ पुगेको छ । संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ११ हजार ८२७ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ७८ हजार ५७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

सम्बन्धित् समाचार