गृहपृष्ठ Featured बाणगंगाका विद्यालय धमाधम सञ्चालनमा

बाणगंगाका विद्यालय धमाधम सञ्चालनमा

कपिलवस्तु : कोरोना भाइरसको ओमिक्रोनको लहरसंगै बन्द भएका बाणगंगा नगरपालिका भित्रका विद्यालय धमाधम सञ्चालनमा आएका छन् । सरकारले ओमिक्रोनको संक्रमणदर न्यूनिकरणका लागि भन्दै पुसको अन्तिम सातादेखि देशभरका विद्यालय बन्द गरेको थियो । फाल्गुण १ देखि विद्यालय सञ्चालनको तयारीमा केन्द्र सरकार रहेको छ । कपिलवस्तुको वाणगंगा नगर भित्रका विद्यालय भने माघको अन्तिम साताबाट सञ्चालन हुन थालेका छन् । सरस्वती पूजाको बाहना बनाएर नगर भित्रका अधिकांश विद्यालय खुलेका हुन् ।

अब कोरोना संक्रमणको दर घटेको भन्दै विद्यालय सञ्चालन गरिएको निजी विद्यालयका संञ्चालकहरु बताउँछन् । बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले खोप प्रायोजनका लागि मात्र विद्यालय सञ्चालन भएका बताउँनुभयो ।

यहीँ २२ गतेबाट २७ गतेसम्म विद्यार्थीहरुलाई मोडना खोप लगाउने कार्यक्रम रहेको भन्दै यसका लगि विद्यालय खुलाएको प्रष्ट पार्नुभयो ।

सम्बन्धित् समाचार