गृहपृष्ठ Featured बर्दिया निकुञ्जमा खर, खडाइका काट्न ३ दिन प्रवेश खुला

बर्दिया निकुञ्जमा खर, खडाइका काट्न ३ दिन प्रवेश खुला

प्रकाशित मिति:

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जले आज सोमवारदेखि खर खडाइका लागि निकुञ्ज प्रवेश खुला गरेको छ । ग्रामीण भेगमा रहेका निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासीको घरगोठ निर्माणका लागि आवश्यक पर्ने खर, बाबियो काट्न हरेक वर्ष झैँ यस वर्ष पनि खर खडाइका लागि निकुञ्जले प्रवेश खुला गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दिया निकुञ्जमा पाटे बाघ गणनाको कार्यक्रम चलिरहेको हुँदा यस वर्ष झन्डै एक महिना ढिला गरी निकुञ्ज प्रवेश खुला गरिएको हो । निकुञ्जले मध्यवर्ती क्षेत्रका बासिन्दाको सुविधाका लागि प्रत्येक वर्ष खर खडाइ काट्न प्रवेश खुला गर्ने गर्छ । घरगोठ छाउन, घरगोठका भित्ता बेर्न, खटिया, भकारी बनाउन, डोरी, दाम्ला लगायतका काममा प्रयोगमा आउने खर खडिया काट्न स्थानीयवासी हरेक वर्ष जोखिम मोलेर निकुञ्ज भित्र पस्ने गर्छन् ।

पहिलो दिन आज झन्डै २० हजार मानिस निकुञ्ज भित्र प्रवेश गरेको र तीन दिनभित्रमा मध्यवर्ती क्षेत्रका झन्डै २५ हजार बढी मानिस खर खडाइका लागि निकुञ्ज प्रवेश गर्नेछन् ।

सम्बन्धित् समाचार