गृहपृष्ठ Featured सोमालियामा भोकमरी : २ लाख बढी मानिस विस्थापित

सोमालियामा भोकमरी : २ लाख बढी मानिस विस्थापित

सोमालियामा भोकमरीका कारण ठूलो संख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको छ । यहाँ अघिल्लो महिनामा ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसंघले जनाएको छ ।

भोकमरीकै कारण खाना र पानी खोज्नका लागि २ लाख ७१ ह्जार मानिस आफ्नो घर छोडेरै हिँडेको तथ्यांक राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

यो जनसंख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।

सम्बन्धित् समाचार