गृहपृष्ठ Featured बाणगंगा- १ मा निशुल्क ७ दिने मोतिमाला बनाउने तालिम सम्पन्न

बाणगंगा- १ मा निशुल्क ७ दिने मोतिमाला बनाउने तालिम सम्पन्न

प्रकाशित मिति:

सागर वि.क. वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ मा निशुल्क ७ दिने मोतिमाला बनाउने तालिम सम्पन्न भएको छ । वडा नं.१ को सहयोग तथा एकल महिला र अन्य महिला समितिको आयोजनामा निशुल्क ७ दिने मोतिमाला बनाउने तालिम आज मंगलबार सम्पन्न भएको हो ।

वडा नं.१ को सभाहल बैरियामा सम्पन्न उक्त तालिमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टाराईले तालिमबाट प्राप्त ज्ञान तथा सिपलाई व्यवहारमा उतार्दै अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख भट्टाराईले वडाले महिलाहरुको जीवनस्तर उकास्न विगतदेखि नै सकारात्मक कदम चाल्दै आएको भन्दै खुशी व्यक्त गर्नुभयो । यस्तै वडा नं.१ का वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले तालिमबाट प्राप्त सिपको सदुपयोग गर्दै तालिममा सहभागि सबै महिलाहरुको जीवनस्तर चलायमान गराउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्ता तालिमले आर्थिक अवस्था सुदृढ तुल्याउन मद्दत गर्ने उहाँको भनाई छ । उहाँले तालिमबाट प्राप्त सिपलाई निरन्तरता दिदै दैनिक जीवन अगाडि बढाउन आग्रह समेत गर्नुभएको छ ।

यस्तै वडा सदस्य सिता थापा, वडा सचिव गोविन्द आचार्य, एकल महिला र अन्य महिला समितिका अध्यक्ष हरिकला कँडेलको लगायतको सहभागिता रहेको तालिम समापन कार्यक्रम बालबालिका सहजकर्ता गोमा न्यौपानेको संचालनमा सम्पन्न भएको हो । २२ जना महिलाहरुको सहभागिता रहेको तालिममा बसन्ती सेनले परिक्षण दिनुभएको थियो ।

सम्बन्धित् समाचार