गृहपृष्ठ Featured महाधिवेशन गराउन माग गर्दै नेविसंघको मौन धर्ना

महाधिवेशन गराउन माग गर्दै नेविसंघको मौन धर्ना

प्रकाशित मिति:

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०लगायत म्याद सकिएका भ्रातृ संस्थाहरूको महाधिवेशनको लागि नेतृत्वलाई दबाब दिन संस्थापनइतर समूहनिकट विद्यार्थी मौन धर्नामा बसेका छन्। नेपाली कांग्रेसको विधान कार्यान्वयन गर्न दबाब दिन संस्थापनइतर समूहका विद्यार्थी नेताहरूले बिहीबार मौन प्रदर्शन गरेका हुन्।

विद्यार्थी नेताहरूले नेविसंघलगायत म्याद सकिएका भ्रातृ संस्थाहरूको विधानबमोजिम नयाँ समिति बनाएर महाधिवेशन गराउन माग गर्दै आएका छन्।

आज नै कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दै छ। बैठकका लागि आएका महामन्त्री विश्वप्रकाश शर्मालगायतका पदाधिकारीलाई विद्यार्थी नेताहरुले सडकमै नेविसंघको झण्डा दिएर महाधिवेशन गर्न दबाब दिएका थिए।

सम्बन्धित् समाचार