गृहपृष्ठ Featured १८ वर्ष पूरा भएका सबैलाई बुस्टर डोज खोप दिइने

१८ वर्ष पूरा भएका सबैलाई बुस्टर डोज खोप दिइने

प्रकाशित मिति:

सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज भ्याक्सिन दिने भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष पूरा भएका सबैलाई बुस्टर डोज दिइने बताए ।

२०७८ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खोप प्रदान गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले फागुन १ बाट दोस्रो डोज भ्याक्सिन लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताए।

मन्त्री खतिवडाले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको पनि जानकारी दिए । विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उनले स्पष्ट पारे ।

सम्बन्धित् समाचार