चितवन : चितवनमा बर्डफ्लु भेटिएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका– ६ मा रहेको अनिता पशुपछी तथा कृषि फर्मका कुखुरामा बर्डफ्लु (एचफाइभ एन वान) भेटिएको हो। बर्डफ्लु भेटिएपछि त्यस फार्मदेखि वरपर सय मिटरसम्मका पछी आज नै नष्ट गर्ने निर्णय भएको छ। जिल्ला बर्डफ्लु रोकथाम तथा नियन्त्रण समितिको बैठक बसेर खोरमा भएका कुखुरा नष्ट गर्ने निर्णय गरिएको हो ।
बैठकले दुई किलोमिटरसम्मको क्षेत्रमा निगरानी राखेर त्यस क्षेत्रका पछीको बेचबिचखनमा समेत रोक लगाएको छ। बर्डफ्लु भेटिएको फर्म बस्तीबाट पर बारीको बीचमा भएकाले जोखिम कम भए पनि सावधानी अपनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चितवनले आग्रह गरेको छ।