गृहपृष्ठ Featured बाणगंगामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

बाणगंगामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं.२ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका हुन् । बाणगंगा नगरपालिका वडा नं.२ मा अवस्थित मनकामना सामुदायिक वनमा केही व्यक्ति बन्दुकसहित हिडिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले वैखरी अनलाईनलाई जानकारी दिएको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.१४ निवासी ५० बर्षीय बीर बहादुर सोमै र सोही वडाका २८ बर्षीय खेमु मगर रहेका छन् ।

सोमैको साथबाट एक थान खाली भरुवा बन्दुक र मगरको साथबाट एक थान लोडेड भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार