गृहपृष्ठ Featured बाणगंगामा स्थानिय चुनाव केन्द्रित हुदै नेपाली कांग्रेस

बाणगंगामा स्थानिय चुनाव केन्द्रित हुदै नेपाली कांग्रेस

वैखरी अनलाइन
नेपाली कांग्रेस बाणगंगा स्थानिय चुनाव केन्द्रित हुन थालेको छ । सरकारले बैशाख ३० गते स्थानिय तहको चुनाव घोषणा गरेपछि कांग्रेसले चुनावी गतिविधि सुरु गरेको हो ।

नेपाली कांगे्रेस बाणगंगा नगर कार्य समिति अवको चुनावमा के कसरी गाउँ गाउँ टोल टोलमा जाने भन्ने रणनितिका बिषयमा कांग्रेस नेता तथा वडा सभापतिहरुसगं चार नम्बर जितपुरमा छलफल गरेको हो । सो अवसरमा बाणगंगाका ११ वटै वडासभापतिले वडामा कांग्रेसको अवस्था र स्थानिय चुनाव जित्ने रणनिति तथा आधारका बिषयमा आआफना धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव शक्ति सिहं ठकुरी, महाधिवेश प्रतिनिधि डोलकराम घिमिरे, दुर्गा सेन, नगर सभापति बिष्णु थापा, उप सभापति रमेशचन्द्र भुसाल, तरुण दलका दिनेश क्षेत्रीले बोल्दै कागें्रेसको महाधिवेशनसगै कांग्रेसको गुट उपगुटपनि सकिएको बताउँदै कांग्रेसलाई बलियो बनाउन लाग्नु पर्ने धारणा राखेको नगर सचिव सुर्य प्रसाद बरालले जानकारी दिए ।

बैठक नगर सभापति बिष्णु थापाको अध्यक्षता, उपसभापति भगवानदास चौधरी सचिव गोबिन्द आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार