वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा ९ भलवाडमा “भलवाड सपिङ्ग सेन्टर” सञ्चालनमा आएको छ । घरायसी समाग्री एकै ठाउबाट उपलब्ध गराउने उदेश्यले भलवाडमा “भलवाड सपिङ्ग सेन्टर” सञ्चालनमा आएको हो ।
सेन्टरको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे , वडा नः ९का अध्यक्ष धुर्व बेल्बासे, बरिष्ठ समाजसेवि हरिराज घिमिरेले संयुक्त रुपमा उद्यघाटन गर्दै ब्यवसयीक सफलताको शुभकामना दिएका थिए । भलवाडका युवा समाजसेवि चुरामणी अर्यालले सेन्टर सञ्चालमा ल्याउनु भएको हो । भलवाडमा “भलवाड सपिङ्ग सेन्टर” सञ्चालमा आएपछि स्थानियले बजार गर्न तथा सस्तोमा किराना सामान किन्न अन्य ठाउमा जान नपर्ने भएको छ । सेन्टरमा खैलौना गिप्mट आइटम, कस्मेटिक सामाग्री होलसेल तथा खुद्रा मुल्यमा पाइने सञ्चालक अर्यालले सो अवसरमा जानकारी दिए ।