गृहपृष्ठ Featured बाणगंगामा नदी र खोलाका कारण कार्यकारी प्रमुखहरु नटिकेका हुनः टेकराज पन्थी

बाणगंगामा नदी र खोलाका कारण कार्यकारी प्रमुखहरु नटिकेका हुनः टेकराज पन्थी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बाणगंगामा रहेका नदी र खोलाका कारण प्रमुख प्रशासकीय प्रमुखहरु टिक्न नसकेको बताएका छन । आज नगरभित्रका सघं संस्थाहरुसगं अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख पन्थीले नदीनालाका कारण अनावश्यक तवान हुने कारणले बाणगंगामा प्रमुख प्रशासकीय अधिकृतहरु नटिक्ने गरेको बताएका हुन ।

नदीनालाका कारण बारम्बार आउने पत्र र दवावका कारण अनावश्यक तनाव लिन ठिक नहुने कारणले आफनो भविष्यमा दाग नलागोस भन्ने उदेश्यका साथ कार्यकारीहरु अन्यन्त्र जाने गरेको बताए । २ दर्जन बढि यस क्षेत्रका सघं सस्थाका प्रमुख तथा प्रतिनिधिहरुसगं बोल्दै पन्थीले बाणगंगाको मुहार फेर्न सबैले हातेमालो गरेर अगाडी बढनु पर्ने बताए ।

सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, कपिलवस्तु जेसिजका अध्यक्ष गुरुदेव पौडेल, लायन्स क्लव अफ बाणगंगाका अध्यक्ष रमेशचन्द्र भुसाल, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, रेडक्रस सोसाइटी कपिलवस्तुका अध्यक्ष शकंर प्रसाद पाण्डे, बाणगंगा र गजेहडा भुपु खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाह लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार