गृहपृष्ठ Featured विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

प्रकाशित मिति:

काठमाडौं : विधान विपरित कांग्रेस केन्द्रीय सदस्य बनेको भन्दै विनोद चौधरीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। कांग्रेस नेता डा सुवासचन्द्र यादवले चौधरीविरुद्ध रिट दायर गरेका हुन्।

यसअघि यादवले कांग्रेस निर्वाचन समितिमा चौधरीको पद खारेजी माग गर्न माग गर्दै निवेदन दिएका थिए। समितिले चौधरीकै पक्ष लिएपछि यादव सर्वोच्च पुगेका हुन्।

चौधरी १४ औं अधिवेशनबाट मधेशी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

सम्बन्धित् समाचार