सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तु जेसिज बर्ष–२०२२ ले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिका वडा नं. ३ भक्तौलीस्थित श्री गौरी भवानी मा.वि.मा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु जेसिजका सदस्य जेसि प्रबिन पौडेलले विगतमा पनि जेसिजले सामाजिक कार्यमा अग्रसरता देखाउँदै काम गर्दै आएको र आगामी दिनमा पनि सामाजिक छेत्रमा उल्लेख कामहरु गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा विद्यालयका तर्फबाट धन्यवाद मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक गोपाल चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकुमार महत छेत्रीले कपिलवस्तु जेसिजले सामाजिक क्षेत्रमा काम गर्ने क्रममा यस विद्यालयलाई रोजेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा माक्स, सेनिटाइजर, ग्लब्स जस्ता स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेल, कार्यकारिणी उपाध्यक्ष जेसि अमृत घिमिरे, प्रबिन पौडेल लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कार्यक्रमको संयोजक कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेल रहनुभएको थियो ।
कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलको अध्यक्षता रहेको कार्यक्रममा जेसि अमृत घिमिरेले स्वागत मन्तब्य राख्नुभएको थियो । कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीसहित अभिभावकहरुको उपस्थिति रहेको थियो ।







