सुर्खेत : सुर्खेत प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका-१२ का चन्द्रबहादुर रानाको शरीरमा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर बरामद गरिएको हो।
शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा गोप्य सूचनाको आधारमा सुर्खेत प्रहरीले उनको साथबाट एक ग्राम दुई सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।
उनका अनुसार जिल्ला अदालत सुर्खतबाट म्याद थप गरी अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीको भनाइ छ।








