गृहपृष्ठ Featured मन्त्री आलेद्धारा गौतमबुद्ध विमानस्थमा क्यालिब्रेशन उडानको निरिक्षण

मन्त्री आलेद्धारा गौतमबुद्ध विमानस्थमा क्यालिब्रेशन उडानको निरिक्षण

प्रकाशित मिति:

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले क्यालिब्रेशन उडानको निरिक्षण गर्नको लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका छन । शनिबार बिहान आएका उनले बिमानस्थलमा भईरहेको काम र उडानको निरक्षण गरेका हुन ।

निरिक्षण पछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले क्यालिब्रेशन उडान सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताए ।

मन्त्री आलेले फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुन्छ भनेर डेडलाइन तोकिए पनि कअब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने मन्त्री आलेको भनाइ थियो ।

करिब ८–९ दिन अघि नै छिटो काम सुरु भएको बताए । क्यालिब्रेशन फ्लाइट सम्पन्न गरिसकेको १०–१२ दिनको बीचमा नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्ने जानकारी दिए । उनले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को शुभारम्भ गरिने बताए ।

समस्याको रुपमा विमानस्थलमा हवाइ अवतरणका क्रममा भारतमा रहेको आर्मी ब्यारेक नजिक भएकाले यो समस्या समाधानका लागि आफूले भारतका उड्डयन मन्त्रीलाई भेटेर सहयोग गरिदिनुपर्यो भनेर अनुरोध गरेको बताए । लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडी बढाउने मन्त्री आलेले जानकारी दिए ।

सम्बन्धित् समाचार