गृहपृष्ठ Featured कपिलवस्तु जेसिजले ७२औँ प्रजातन्त्र दिवस बिरामीलाई फलफूल वितरण गरि मनायो

कपिलवस्तु जेसिजले ७२औँ प्रजातन्त्र दिवस बिरामीलाई फलफूल वितरण गरि मनायो

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तु जेसिजले ७२औँ प्रजातन्त्र दिवस बिरामीलाई फलफूल बितरण गरि मनाएको छ । शनिबार आज जेसिजले बाणगंगा ४ सिद्धिपुर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल बितरण गरि प्रजातन्त्र दिवस मनाएको हो । अङ्गुर, सुन्तला, स्याउ, फ्रुटी जस्ता फलफूल करिब १०० जना बिरामिलाई हस्तान्तरण गरिएको थियो भने बिरामीहरुलाई केही हदसम्म भएपनि पीडा कम होस् भन्नका लागी सान्त्वना समेत दिईएको थियो ।

कपिलवस्तु सामुदायिक अस्पतालमा भएको उक्त कार्यक्रममा कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेल, उपाध्यक्ष जेसि शान्ति छेत्री, जेसि कुमार थापा रास्कोटी, जेसि अपिला टण्डन, जेसि बिष्णु पाण्डे, जेसि नारायण खनालसहित शिवराज जेसिजका अध्यक्ष खगेन्द्र गिरिको बिशेष उपस्थितिमा विरामीहरुलाई फलफुल हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज जेसिजका अध्यक्ष जेसि खगेन्द्र गिरि र जेसि कुमार थापा रास्कोटिले विगतका दिनमा पनि मननवीय तथ सामाजिक क्षेत्रमा कार्यहरु निरन्तर गर्दै आईरहेको र आगामी दिनमा गर्दै जाने विश्वास व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले मन बिचलित भएका बिरामिलाई आत्मबल बढाउने बताउदै जेसिजले यस्ता कार्यक्रमहरु गर्दै समाजका हरेक छेत्रमा उल्लेख्य भुमिका निर्वाह गर्नुपर्ने उहाँहरुको भनाई छ ।

त्यस्तै कार्यक्रममा अस्पतालका तर्फबाट धन्यवाद मन्तव्य राख्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सनत नेपालले कपिलवस्तु जेसिजले सामाजिक क्षेत्रमा काम गर्दै अघि बढिरहेको र आज अस्पतालमा बिरामीलाई फलफूल बितरण गरि बिरामीको घाउमा मलम लगाउने काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसि शान्ति क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिव जेसि चन्द्रकान्त पोख्रेलले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार