कपिलवस्तु : कपिलवस्तुसहित देशभर विभिन्न कार्यक्रम गरि ७२औ प्रजातन्त्र दिवस मनाईएको छ । तौलिहवामा ७२ औ प्रजातन्त्र दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरीएको छ । दिवसका अवसरमा र्यालीसहित ब्याटमिन्टन, फुटवल, बक्तृत्वकला र कबिता प्रतियागिता गरिएको हो । र्यालीपछि कपिलवस्तु नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले लामो संघर्षपछि आएको प्रजातन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
उनले जनताले अनुभुति हुने गरि काम गरे मात्र शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । सो अवसरमा जिल्ला समन्वय समितिकी उपप्रमुख तारावती चौधरीले मुलुकमा प्रजातन्त्र स्थापना भएको ७२ बर्ष पुरा हुदाँ पनि अझैसम्म जनताले त्यसको अनुभुति गर्न नसकेको भन्दै गुनासो गरिन् । उनले प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र ब्यवस्थालाई बचाई राख्न हरेकले आ–आफनो स्थानबाट भुमिका खेल्नु पर्ने बताईन् । प्रजातन्त्र दिवसमा गरिएको कार्यक्रममा कर्मचारी र सुरक्षाककर्मी गरी सय जनाको सहभागीता रहे पनि जनप्रतिनिधिको रुपमा ६ जनाको मात्र सहभागीता थियो ।
सो अवसरमा ब्याडमिन्टन र फुटवल खेलमा बिजयी भएका खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । प्रजिअ पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नागरिक समाजका सदस्य पशुपतिमणि त्रिपाठी मानव अधिकारकर्मी रामदयाल ठाकुर लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेलले कबिता बाचन समेत बाचन गरेका थिए ।








