गृहपृष्ठ Featured बाणगंगा- ११ मा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

बाणगंगा- ११ मा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

प्रकाशित मिति:

वैखरी अनलाईन : बाणगंगा नगरपालिका वडा नं.११ मा तीन दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । वडाको आयोजना तथा वैखरी मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा आजबाट उक्त तालिम सुरु भएको हो । तालिमको वडाध्यक्ष सोमनाथ अर्यालले ब्यानर वाचन गर्दै उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडाध्यक्ष अर्यालले वडामा रहेका किशोरकिशारी तथा बालबालिकालाई नेतृत्व लिन सक्षम बनाउन तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गनुभयो ।

आजका बालबालिका भोलिको देश विकासको आधारस्तम्भ भएका उनीहरुको व्यक्तित्व विकासका लागी वडाले विगतदेखि नै गृहकार्य गर्दै आएको बताउनुभयो । वडाले आयोजना गरेका विभिन्न प्रतियोगितामा बालबालिका तथा किशोर किशारीको विगतदेखि नै उल्लेख्य सहभागिता रहदैं आएकोमा खुशी व्यक्त गर्दै वडाध्यक्ष अर्यालले वडा बालमैत्री बनिसकेको बताउनुभयो । तालिममा सहभागि बालबालिका तथा किशोरकिशारीलाई वडाध्यक्ष अर्यालले अहिले आफ्नो भविष्य सुनिश्चित गर्नतर्फ लाग्न आग्रह गर्नुभयो । अहिलको २१ औं शताब्दीमा आफ्नो कलालाई कलात्मक ढङगबाट प्रस्तुत गरी आफुलाई अब्बल बनाउनुपर्ने वडाध्यक्ष अर्यालको भनाई छ । तालिममा सिड्स कार्यक्रमका सिनियर प्रोग्राम कोर्डिनेटर आरटि खानले प्रशिक्षण दिनुभएको छ ।

वडाध्यक्ष अर्यालको अध्यक्षता, वडासदस्यहरु वाजबुदलैन शाह, जगनारायण थारु, सावित्रा वि.क., रोयल एलायन्स मेमोरियल एकडेमीका शिक्षक पशुपति शुक्लाको आतिथ्यता तथा वैखरी मिडिया प्रा.लि.का प्रधान सम्पादक अशोक पौडेलको स्वागत मन्तव्य रहेको तालिमको उद्घाटन सत्र कार्यक्रमको संचालन वैखरी मिडिया प्रा.लि.का कार्यकारी सम्पादक सागर वि.क.ले  गर्नुभएको थियो ।

सम्बन्धित् समाचार