गृहपृष्ठ Featured पल शाहको स्पष्टीकरण : मेरो आवाजसँग मिलेको छ, तर मेरो हो भन्नेमा पूर्ण शंका छ

पल शाहको स्पष्टीकरण : मेरो आवाजसँग मिलेको छ, तर मेरो हो भन्नेमा पूर्ण शंका छ

काठमाडौं : पछिल्लो समय अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको ‘सम्बन्ध’ निकै चर्चामा छ। शनिवार मात्रै पल र समीक्षा एकसाथ मिडियामा देखिएका थिए। दुवैले आफूहरुबिच प्रेम सम्बन्ध नभएको र मिल्ने साथी मात्रै भएको बताएका थिए।

तर, विवादबिच नै बाहिरिएका दुईवटा अडियोले फेरि उनीहरुको सम्बन्ध चर्चामा छ। सार्वजनिक अडियोमा समीक्षाले पलसँगको सम्बन्धको बारेमा खुलासा गरेको सुनिन्छ। समीक्षाले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन्।

पलले सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको समीक्षाको आरोप छ। अर्को अडियोमा पनि पल र समीक्षाको संवाद सुन्न सकिन्छ। अडियोबाट समीक्षा पलसँग बिहे नै गर्न खोजिरहेको थाहा हुन्छ। तर पल भने आफूहरु जीवनभर मिल्ने साथी रहने तर बिहे भने नगर्ने बताइरहेका छन्।

तर, के सार्वजनिक अडियोमा सुनिएको आवाज पल र समीक्षाकै हो रु के त्यहाँ भएका संवादहरु सही हुन् रु अहिले सामाजिक संजालमा बहस भइरहेको छ यही विषयलाई लिएर।

अडियाबारे चर्चा चुलिएपछि अभिनेता पल शाहले आज फेसबुकमा एक स्टाट्स लेखेका छन्। मिडियामा आएको समाचारमा सत्यता नभएको र आफूलाई फसाउन खोजेको उनले बताएका छन्।

सम्बन्धित् समाचार