गृहपृष्ठ Featured थप ४७६ जनामा कोरोना पुष्टि, ३ को मृत्‍यु

थप ४७६ जनामा कोरोना पुष्टि, ३ को मृत्‍यु

प्रकाशित मिति:

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७२१ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९२८ पुगेको छ।

सो अवधिमा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित् समाचार