गृहपृष्ठ Featured अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६० जनाको मृत्यु

अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६० जनाको मृत्यु

अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६० जनाको ज्यान गएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थायी सुन खानीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।

सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो । घटनामा कयौँ घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख गरिएको छ ।

घटनाबारे छानबिन थालिएको र शंकास्पद एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने देश हो ।

सम्बन्धित् समाचार