वैखरी अनलाईन : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध कपिलवस्तुको चारनम्बरमा प्रदर्शन भएको छ । आज बुधबार राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिति कपिलवस्तुले नाराबाजीसहित चारनम्बर चोकमा प्रदर्शन गरेको हो । चारनम्बर चोकमा भएको एमसीसी विरुद्ध खबरदारी सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टी कपिलवस्तुका अध्यक्ष धन बहादुर मिदुनले एमसीसीको नाममा अमेरिकी साम्राज्यवादको रणनीतिक स्वार्थ बढ्ने भएपछि त्यसको विरोध गरिएको बताए ।
उनले हिन्दप्रसान्त रणनीति (आइपीएस) अमेरिकीको सामरिक योजना भएकाले त्यसअन्तर्गतको एमसीसी विशुद्ध आर्थिक परियोजना नभएको टिप्पणी गरे । प्रदर्शनकारीले ‘नो एमसीसी’, ‘रिजेक्ट एमसीसी’, ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।