गृहपृष्ठ Featured बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ

बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ

प्रकाशित मिति:

काठमाडौँ : एमसीसीविरूद्ध बिहीबार हुने प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ छ । एमसीसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको हो । बानेश्वर खण्डको सडकमा यातायात आवागमन बन्द गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा काँडे तार लगाएका छन् ।

आइतबार संसद्‌मा एमसीसी सम्झौता पेस हुनुअघिदेखि नै सत्ता गठबन्धनमा रहेर पनि एमसीसीको विपक्षमा रहेका विभिन्न दलका भ्रातृ संगठनहरुले प्रदर्शन गरेका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी, नेमकिपा, जनमोर्चा, राप्रपालगायतका विभिन्न पार्टीका कार्यकर्ताले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र रबरको गोलीसमेत चलाएको थियो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए ।

आजको प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफलका लागि पेस गर्ने रहेको छ ।

सम्बन्धित् समाचार