गृहपृष्ठ Featured संचालित आधारभुत स्वास्थ्य परियोजनाको बाणगंगामा अनुगमन

संचालित आधारभुत स्वास्थ्य परियोजनाको बाणगंगामा अनुगमन

प्रकाशित मिति:

कपिलवस्तु : फेयरमेड फाउडेशनको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्रद्धारा संचालित आधारभुत स्वास्थ्य परियोजनाको अनुगमन गरिएको छ । जिल्ला सवन्वय समितिका प्रमुख नारायण खनालको नेतुत्त्वमा रहेको जिल्लास्तरीय अनुगमन टोलीले बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकी र शिवराज नगरपालिका वडा नम्बर १० को शिवगढीको चमरबुझियामा संचालित कार्यक्रमको अनुगन गरिएको हो । मोतिपुर स्वास्थ्य चौकीका प्रमुख हिमलाल घिमिरेले स्वास्थ्य चौकीमा संचालन गरिएको सो परियोजनाको प्रगतिका बिषयमा जानकारी गराएका थिए ।

परियोजना अन्र्गत कुष्ठ रोगीकालागि उपचार गर्न हेरचार कर्नर र क्लिनिक संचालन गरिएका छन । यस्तै सो परियोजना अन्र्गत शिक्षक, जनप्रतिनिधि, महिला स्वयमसेविकालाई सचेतनामुलक तालिम संचालन समेत गरिएको छ । परियोजना अन्र्गत हेरचार समुहलाई तालिम, २ वटा आपांग मैत्री संरचना निर्माण, मास्क र सेनिटाईजर बितरण , जनचेतना लगायतका कार्यक्रम गरिएका छन् । सो अवसरमा वडाध्यक्ष गुणनिधि भुसालले कुष्टरोगीको खोजपडताल र उपचारका लागि परियोजना मार्फत कालिक संस्थाले सहयोग गरेर राम्रो काम गरेको बताए । उनले अझै पनि थुप्रै कुष्टरोगीहरु लुकेर बसेकोले त्यस्ता रोगीको खोजपडतालकालागि अझ मिहीनेतकासाथ काम गर्नु पर्ने बताए । सो अवसरमा परियोजनाकी सामाजिक कार्यकर्ता यमुना पन्थीले आफु एक्लो कर्मचारीले ४ वटा स्वास्थय चौकीमा गएर काम नर्ग गाह्रो परेको बताईन । उनलेकुष्ठ रोगीको खोजपडातल गर्न गाह्रो परेको बताईन ।

चमरबुझियामा कुष्ठरोगबाट प्रभावितहरुको सहभागीतमा बिभिन्न ४ वटा हेरचार समुह गठन गरिएका छन । समुह अन्र्गत चमरबुझिया स्वास्थ्य हेरचार समुहसंग अनुगमन टोलीले अन्तरक्रिया गरेको थियो । समुहका सदस्यहरुले हेरचार समुह गठन गरी तालिम दिए पछि कुष्ठ रोगका बिषयमा सचेत बन्दै गएको बताएका थिए । शिवगढीको चरमबुझिया क्षेत्र कुष्रठोकगो पाकेट क्षेत्र भएकोमा अहिले भने बिस्तारै कुष्ठ रोगीहरु खुल्न थालेका र स्वास्थ्य संस्थामा उपचार गराउन आउने गरेको समुहका सदस्यहरुले बताएका थिए । यस्तै सो समुहले बचत संकलन गरी आयआर्जनकालागि समुहका सदस्यलाई रिन समेत प्रवाह गर्दै आएको छ । सो समुहबाट रिन लिएका चैतुराम थारुले १० कठ्ठा लागएको तरकारी खेतीबाट बार्षिक एक लाख बढी आम्दानी गर्दै आएको बताएका छन ।

सम्बन्धित् समाचार