गृहपृष्ठ Featured युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

युक्रेनमा १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने भएका छन्। युक्रनेको आन्तरिक मामिला मन्त्रालयले सबै युक्रेनीलाई देशको रक्षा गर्न हतियार उठाउने बेला आएको बताएको छ।

युक्रेनमा जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारवाही गर्न आदेश दिएपछि बिहीबार बिहानैदेखि तीनतर्फबाट रुसी सेना युक्रेनतर्फ अघि बढेका थिए। बिहीबारबाट भएको रुसी हमलामा परेर हालसम्म युक्रेनमा १ सय ३७ युक्रेनीको मृत्यु भएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाको आक्रमणको पहिलो दिन युक्रेनमा १३७ सर्वसाधारण मारिएको बताएका हुन् । जसमा सैनिक र सर्वसाधारण भएका उनले जानकारी दिए।

सम्बन्धित् समाचार