वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बुङचीमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभुमी नगरपालिका वडा नः १ बस्ने बर्षका २८ माधव अधिकारी रहेको प्रहरीले बताएको छ ।
पश्चिम जादै गरेको ट्रक र पुर्वतर्फ आउदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खादा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका अधिकारीको उपचारका क्रममा कपिलवस्तु सामुदायिक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रण रहेका छन । घटना आज बिहान ६ बजेको समयमा घटेको हो ।








