सागर वि.क.(वैखरी अनलाईन) : लायन्स क्लव अफ कपिलवस्तुले दोस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । क्लवले आफ्नो बार्षिक कार्ययोजना अनुसार चारनम्बर जीतपुरमा रहेको बुद्धरंगशालाको कबर्डहलमा उक्त प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितमा क्लवका १० समूहले सहभागिता जनाएका थिए । जसमध्ये लायन्स सागर घिमिरे र विकास न्यौपानेको समूह प्रथम, लायन्स नवदत्त घिमिरे र विष्णु गैरेको समूह द्धितीय र लायन्स सुरेन्द्र घिमिरे र धुब्र पाण्डेको समूहले तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन लायन्स सन्दिप भट्टाराईले समन्वयकारी भूमिका निर्वाह गरेको क्लवका अध्यक्ष धातानन्द भूसालले बताउनुभयो । यस्तै कार्यक्रमलाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने व्यवसायिक लायन्सका सम्पूर्ण सदस्यहरुलाई अध्यक्ष भूसालले हार्दिक आभार एवम् धन्यवाद दिनुभएको छ ।
प्रतियोगिताका विजेतालाई अध्यक्ष भूसाल र प्रमुख अतिथि जोन चयरपर्शन सुरेन्द्र घिमिरेले नगदसहित प्रमाण पत्र प्रदान गर्नुभएको थियो । क्लवका सचिव सागर घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।