गृहपृष्ठ Featured पाल्पामा बन्द गर्दै हिँडेका राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्षसहित ७ जना पक्राउ

पाल्पामा बन्द गर्दै हिँडेका राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्षसहित ७ जना पक्राउ

प्रकाशित मिति:

पाल्पा : संसदबाट एमसीसी पारित भएको विरोधमा ६ वटा कम्युनिष्ट घटकले गरेको नेपाल बन्दको क्रममा ७ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्दकर्ताले तानसेनको आन्दोलन चोक, लहरे पिपलमा नारा जुलुश गर्दै एमसीसीको विरोधमा सडक तातीरहेको समयमा प्रहरीले हस्तक्षेप गरी बन्दकर्तालाई नियन्त्रणमा लिएको हो। आन्दोलनकारीले प्रहरीको घेरा तोड्दैँ लहरेपिपल क्षेत्रबाट आन्दोलन चोकसम्म जादैँ गर्दा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको हो।

पक्राउपर्नेहरुमा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडेल, नेकपा माओवादी विप्लपका सचिव भुवन जिसी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लंक राना, नेकपा माओवादी क्रान्तीकारीका सचिव लिला श्रेष्ठ, अखिल क्रान्तीकारीका जिल्ला संयोजक सुदिप विश्वकर्मा, युवा संघठनका उपाध्यक्ष बेदप्रसाद विश्वकर्मालाई नियन्त्रण लिएको हो। नियन्त्रणमा लिएका बन्दकर्तालाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ।

सम्बन्धित् समाचार