गृहपृष्ठ Featured समयमा विद्यालय नआएको भन्दै सिरहामा विद्यार्थीले थुने प्रधानाध्‍यापक

समयमा विद्यालय नआएको भन्दै सिरहामा विद्यार्थीले थुने प्रधानाध्‍यापक

जनकपुरधाम : सिरहाको एक विद्यालयमा विद्यार्थीले ढिलो आएको भन्दै प्रधानाध्यापकलाई एक घण्टा थुनेका छन् । कल्याणपुर नगरपालिका वडा(५ भोक्राहास्थित आधारभूत विद्यालयका प्रधानाध्‍यापक राजकुमार साहलाई विद्यार्थीले उनकै कार्यकक्षमा एक घण्टा थुनेका हुन् ।

प्रधानाध्‍यापक र शिक्षकलाई समयमा आउनुपर्ने, नियमित पठनपाठन हुनुपर्नेसहितका माग राख्दै यो विद्यालयका विद्यार्थीहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

प्रधानाध्‍यापकलाई थुन्ने क्रममा विद्यार्थीले प्रधानाध्‍यापकसहित वडाअध्यक्षविरुद्ध नाराबाजी गर्दै बिभिन्न नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका छन् ।

पहिलो दिन विद्यालयमा तालाबन्दी गरेका विद्यार्थीहरुले माग पूरा गर्नेतर्फ ध्यान नदिएका कारण प्रधानाध्‍यापकलाई थुन्नुपरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी विकास कुमार साहले बताए ।

सम्बन्धित् समाचार