काठमाडौँ : आज बसेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। उक्त बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएको हो। आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले बैठक सुरू भए लगत्तै विरोध गरेका थिए। एमाले सांसदको विरोधबीच नै सभामुखले बैठक अघि बढाएका थिए।
आज प्रधानमन्त्रीका तर्फबाट कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिवेदन पेश गरेपछि सभामुखले फागुन २२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।
अब प्रतिनिधि सभा बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराएका थिए।