गृहपृष्ठ Featured संघीय निजामती सेवा ऐन यथाशीघ्र ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

संघीय निजामती सेवा ऐन यथाशीघ्र ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चुस्त दुरुस्त सेवाप्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘नागरिकप्रति सम्मानपूर्ण व्यवहार गर्ने र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने कर्मचारी आजको आवश्यकता हो । निजामति कर्मचारीमार्फत सरकार जनताको घरघरमा पुग्ने भएकोले मुस्कानसहितको सेवा दिनुपर्छ । ’

कर्मचारी अनुशासित र इमान्दार भएमा सरकार सफल हुने बताए । उनले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता जनाए ।

संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न सरकार लागि परेको बताए ।

सम्बन्धित् समाचार