गृहपृष्ठ Featured हथौसा मेला परिसरमा सरसफाई

हथौसा मेला परिसरमा सरसफाई

सागर वि.क.(वैखरी अनलाईन) : फेरी ईन्भाईरोमेन्टल सर्भिसेसले हथौसा मेला परिसरमा सरसफाई गरेको छ । वातावरण स्वच्छ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको यस संस्थाले बाणगंगा नगरपालिका वडा नं.११ संगको समन्वयमा मेला सुरु भएदेखि नै सरसफाई गर्दै आएको हो । दर्शक मेला हेर्न आउदाँ हुने फोहोरको उचित व्यवस्थापन गर्ने उद्देश्यका साथ यस संस्थाले उदाहरणीय कार्य गरेको भन्दै वडाध्यक्ष सोमनाथ अर्यालले प्रशंसा गर्नुभएको छ । वडाध्यक्ष अर्यालले यही फागुन १७ गतेदेखि फागुन २३ गतेसम्म संचालन हुने मेलालाई सुन्दर बनाउन यस्ता कार्यक्रममार्फत सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

हरेक बर्ष महाशिवरात्रीको अवसरमा लाग्ने यस मेलाको मुख्य चुनौतिको विषय नै फोहोर व्यवस्थापन भएको बताउँदै वडाध्यक्ष अर्यालले यस संस्थाले उक्त चुनौतिलाई समाधान गरेको दाबी गर्नुभयो । फोहोरलाई एकिकृत गर्दै उचित व्यवस्थापन गरेकोमा संस्थालाई धन्यवाद दिदैं उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यस्तै वडा सदस्य ईमकला केसीले मेलामा हुने फोहोरलाई उचित व्यवस्थापन गरि मेलाको सुन्दरतालाई कायम राख्न महत्वपूर्ण भूमिका खेलेकोमा संस्थालाई धन्यवाद दिनुभयो । यस्तै आयोजक हेमराज मावि हथौसाका प्रअ तुल्सीराम यादवले फेरी ईन्भाईरोमेन्टल सर्भिसेसले मेलामा हुने फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिनुभयो । ऐतिहासिक हथौसा मेलाले धार्मिक, सांस्कृतिक महत्व बोकेको भन्दै उहाँले दैनिक १० हजार बढी दर्शक आउने गरेको बताउनुभयो ।

अभियानका संचालक कृष्ण गौतम, अभय पौडेल र कमल तिवारीले विगत एक बर्षदेखि आयोजक संस्थासंग समन्वय गर्दै यस्तो फोहोर व्यवस्थापन सम्बन्धि अभियान संचालन गरिरहेको आईरहेको बताउनुभयो । फेरी ईन्भाईरोमेन्टल सर्भिसेसले ‘सेभ ईन्भाईरोमेन्ट सेभ ग्लोभ’ भन्ने नारालाई आत्मासाथ गर्दै विभिन्न मेला महोत्सवमा सरसफाईका कार्यक्रम संचालन गर्दै आएको छ ।

सम्बन्धित् समाचार