रूपन्देही : रूपन्देहीको मायादेबी गाउँपालिकाका वडानम्बर १ का अध्यक्षसहित विभिन्न पार्टीका कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । अध्यक्ष पल्टु लोध, कार्यपालिका सदस्य रिना चौधरीसहित विभिन्न पार्टीबाट सयौं कार्यकर्ता पार्टी प्रवेश गरेको एमालेले दावी गरेको छ । उनीहरुलाई एमाले केन्द्रीय सचिव छबिलाल विश्वकर्मा, रुपन्देही इन्चार्ज भुमिस्वर ढकाल, जिल्ला अध्यक्ष तेजेन्द्र केसीले उनीहरूलाई एमालेमा स्वागत गरे ।
एमाले सचिव विश्वकर्माले नेकपा एमालेले दक्षिणी क्षेत्रमा पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान तीब्र पारेको र मर्चवार लगायतका क्षेत्रबाट हजारौं कार्यकर्ता प्रवेश गरिरहेको बताए । उनले रुपन्देही जिल्ला एमालेको लाल किल्ला बनाउने दावी गरे ।








