कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा संपन्न राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता- २०७८ वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय माबि रनगाईले जितेको छ । नगरपालिकाको बुढ्ढी स्थित खेलमैदानमा चार दिनसम्म चलेको प्रतियोगीता जितेसंगै उसले १० हजार नगद सहीत शील्ड समते हात पारेको हो । कक्षा नौ देखि १२ सम्मका बिद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शील्डमा सहभागी गराइएको थियो ।
यस्तै कक्षा १ देखि ८ सम्म आधारभुत तहका बिद्यार्थीलाई मेयर कपमा सरिक गराइएको थियो । यस्तै पाचौ मेयर कप प्रतियोगीता वडा नम्बर ९ बकुलीपुर स्थित जन कल्याण माबिले जितेको छ । मेयर कपमा द्धितीय वडा नम्बर २ स्थित आधारभुत बिद्यालय बक्डरिया र तृतीय वडा नम्बर ९ स्थित आदर्श ईग्लीश बोडिङ स्कुल ईमिलिया तेश्रो भएको हो ।

मेयर कप छात्र तर्फ वडा नम्बर ९ स्थित आर्दश बोडिङ स्कुल प्रथम, वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय माबि चौरी द्धितीय र वडा नम्बर ६ स्थित माबि महुवा बावा तृतीय भयो । छात्रा तर्फ वडा नम्बर ९ स्थित जन कल्याण माबि बरकुलपुर प्रथम, वडा नम्बर २ स्थित आधारभुत बिद्यालय बक्डरिया द्धितीय र वडा नम्बर १० स्थित कपिलवस्तु राष्ट्रिय माबि चेत्रादेई तृतीय भयो । लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा बिजयी टोली र खेलाडीलाई कप मेडल प्रमाण पत्र प्रदान गरेका थिए । सो अवसरमा मन्त्री नेपालले खेलकुदको विकासकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताईन ।
उनले खेल र खेलाडीको हौसला बढाउन खेल क्षेत्रमा थप लागनी आवश्यक रहेकेो बताईन । सो अवसमरा मेयर श्रेष्ठले नगरपालिकाले ५ बर्ष सम्म खेलकुदमा गरेको लगानीको मुल्यांक गर्ने बेला आएको बताए । उनले नगरपालिकलो सूरु देखि नै खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताए ।








