गृहपृष्ठ Featured बाणगंगा- १ मा तीन महिने सिलाई कटाई तालिम सम्पन्न

बाणगंगा- १ मा तीन महिने सिलाई कटाई तालिम सम्पन्न

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । वडाको अयोजनामा संचालन गरिएको ३ महिने तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारुले समाजको विकास महिलाहरुको विकास विना सम्भव नरहेको बताउनुभयो । त्यसका लागी महिलाहरुलाई ज्ञानसंगै सिपको आवश्यकता पर्ने भएकाले वडा नं.१ ले त्यो आवश्यतालाई पुरा गरिरहेको भन्दै नगरप्रमुख थारुले प्रशंसा गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख थारुले सिलाई कटाई अहिले व्यवसायिक रुपमा संचालन गर्न सके आर्थिक पाटो सुदृढ बन्ने भन्दै त्यसतर्फ सबै तालिममा सहभागि महिलालाई लाग्न आग्रह गर्नुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि पशुशाखा प्रमुख राजकुमार तिवारीले वडाले महिलाको जीवन स्तर उकास्न यस्ता सिलाई कटाईको तालिम महत्वपूर्ण सावित हुने बताउनुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्दै अघि बढ्न सहभागिलाई आग्रह गर्नुभयो । तालिममा सहभागि हुनु मात्र ठूलो कुरा नहुने भन्दै कार्यक्रमका अध्यक्ष समेत रहनुभएका वडाअध्यक्ष अधिकारीले सिकेका ज्ञान सिपको सदुपयोग गर्दै जीवनलाई रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । वडाले महिलालाई परिवारसंगै समाज स्थापित गर्न विभिन्न किसिमका कार्यक्रमहरु विगतदेखि नै संचालन गर्दै आईरहेको उहाँले स्मरण गर्दै महिलाहरुको विकासको पक्षमा आफु सधै रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

पशुशाखाका अधिकृत गिरीराज पौडेल, महिला विकास शाखाका प्रमुख शुसिला पन्तको आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्य झलक मल्ल ठकुरीको स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन गोविन्द आचार्य गर्नुभएको थियो । सिलाई कटाई उपभोक्ता समितिका अध्यक्ष पुना थापाले सहभागिलाई तालिममा सिकेको सिपलाई दैनिक जीवनमा लागु गर्न आग्रह गर्नुभएको थियो । शान्त वि.क. ले प्रशिक्षक प्रदान गर्नुभएको सिलाई कटाई तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

यस्तै वडाले फरक क्षमता भएका अपाङ्गलाई बाख्रा वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि वडाभित्र रहेका गरिब विपन्न ७ जना अपाङ्गलाई बाख्रा वितरण गरिएको बाल मैत्री सहजकर्ता गोमा न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार