गृहपृष्ठ Featured इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग युनाईटेड पराजित

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीसँग युनाईटेड पराजित

प्रकाशित मिति:

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । आइतबार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको हो। सिटीलाई जित दिलाउन केभिन डे ब्रुएन र रियाद महरेजले २/२ गोल गरे। युनाईटेडका जाडोन सान्चोले एक गोल फर्काए।

घरेलु मैदानमा पाँचौं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २२ औं मिनेटमा सान्चोले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए। ब्रुएनले खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले २-१ को अग्रता बनायो । खेलको ६८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ३-१ को अग्रता दिलाए।त्यसपछि खेलको इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४-१ को जित निकाल्यो।

जितसँगै सिटीले २८ खेलमा ६९ अंक जोडेको छ। सिटी दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकले अघि रहेको छ। युनाईटेड ४७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

सम्बन्धित् समाचार