गृहपृष्ठ Featured आज देशभरको मौसम सामान्यतः सफा रहने

आज देशभरको मौसम सामान्यतः सफा रहने

प्रकाशित मिति:

काठमाडौं : मौसम पूर्वानमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।

हाल उल्लेखनीय मौसमी प्रणाली छैन। सोमवार बिहान देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसो पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पहाडी तथा हिमाली भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सम्बन्धित् समाचार