गृहपृष्ठ Featured पाणिनी काँग्रेसको किल्ला हो, ८ वटै वडामा जित्नेगरी लागौँः सचिव गौतम

पाणिनी काँग्रेसको किल्ला हो, ८ वटै वडामा जित्नेगरी लागौँः सचिव गौतम

प्रकाशित मिति:

घनश्याम पौडेल
अर्घाखाँची, २३ फागुन । नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सचिव अच्युत गौतमले पाणिनी काँग्रेसको किल्ला बन्ने बताएका छन् । नेपाली काँग्रेस पाणिनी ६ धातिवाङ्ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गौतमले पाणिनीमा काँग्रेसले ८ वटै वडा सहित पालिकामा विजयी हासिल गर्ने बताएका छन् ।

पाणिनीको विकासमा काँग्रेसको महत्वपुर्ण भुमिका छ, तर एमालेले काम नै नगरी प्रचारप्रसार गरेको आरोप लगाए । काँग्रेसले गरेको विकासमा झुटको खेती गर्ने बाहेक विकासका काममा ध्यान नगएको गौतमले बताए । काँग्रेसका उम्मेदवारलाई विजयी बनाउँनका लागी लाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

पाणिनी गाउँपालिकाका अध्यक्ष समेत रहेका गौतमले काँग्रेसले विकास निमार्णका कामहरु धेरै सम्पन्न भएको बताउँदै समृद्ध पाणिनी बनाउँन काँग्रेसले जित्ने दावी गरेका छन् । कम्युनिष्टले सरकार चलाउँन नसक्ने बताए ।

विकासका नाममा कार्यकर्ता पाल्ने र झुटको खेती गर्ने काम कम्युनिष्टको हो, काँग्रेसको होईन, सचिव गौतमले भने । स्थानिय निर्वाचनमा काँग्रेसको झण्डा फरफराउँन आजैबाट लाग्न आग्रह गरेका छन् ।

सम्बन्धित् समाचार