गृहपृष्ठ Featured कपिलवस्तुमा हात्तीपाईले निवारणका लागि फागुन २८ गतेदेखि महाअभियान

कपिलवस्तुमा हात्तीपाईले निवारणका लागि फागुन २८ गतेदेखि महाअभियान

प्रकाशित मिति:

कपिलबस्तु : कपिलबस्तुमा हात्तिपाइले (फाइलेरिया) रोग निवारण गर्न १४ औं चारणको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको राष्ट्रिय हात्तिपाइले रोग निवारण सम्बन्धि पत्रकार संग अन्र्तक्रिया कार्यक्रममा सो कुरा जानकारी दिएको हो ।  अहिले जिल्लामा हात्तिपाइले (फाइलेरिया) रोग निवारण सम्बन्धि फागुन २८ गते देखि औषधी खुुवाइने भएको छ ।

जिल्लामा गत आर्थिक वर्ष सम्म हात्तीपाईले भएका ४ सय ७२ जना रहेका छन् । जसमा खुट्टा सुन्निएको १ सय ८७, हाईड्रोशिल भएका २ सय ८२, हात तथा स्तन सुन्निएका ३ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा १ प्रतिशत भन्दा कम हुनु पर्ने तर यहा करिब साढे ८ प्रतिशतमा यो रोग रहेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।

जिल्लामा प्रत्येक वर्ष जाँच गर्दा करिब साढे ८ प्रतिशतमा यो प्रजिवि देखिनु यो दुखद रहेको उहाँले बताउनुभयो । प्रमुख पाण्डेले भन्नुभयो जब सम्म हामी १ प्रतिशत भन्दा कममा आउदैनौ तब सम्म यो औषधी सेवन गर्नु पर्ने बताउनुभयो । सन् २०३० सम्म १ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ।

यो रोगलाई अहिले निवारण गर्न सकियो भने हुन्छ नत्र पछि गएर यसलाई उपचार गरेर निको गर्न नसकिने तौलिहवा अस्पतालका डाक्टर डणेश क्षेत्रीले बताउनुभयो । यो प्रजिविलाई स्वास्थ्य व्यक्तिमा फैलिन नदिन सबैले औषधी सेवन गर्नु पर्ने उहाँले बताउनुभयो ।

यस वर्ष जिल्लामा ६ लाख २० हजार ४ सय ९१ जनालाई औषधी खुवाईने लक्ष्य राखिएको छ । स्वास्थ्य कार्यालयले २ वर्ष मुनिको वच्चा, अस्पतालमा भर्ना भएका विरामी तथा ओछ्यान परेका सिकिस्त विरामी, छारे रोगका विरामी, गर्भवती र सात दिन सम्मका सुत्केरीले औषधि सेवन नगर्न अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार