गृहपृष्ठ Featured आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परे दीपेन्द्रसिंह ऐरी

आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परे दीपेन्द्रसिंह ऐरी

प्रकाशित मिति:

काठमाडौं : नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले प्रदान गर्ने फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी मनोनयनमा परेका छन् ।

ऐरीसँगै यूएईका भृत्य अरविन्द र भारतका श्रीयास आयरलाई मनोनयनमा राखिएको छ । फेब्रुअरी महिनामा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट तीन जनालाई छनोट गरी दर्शकको मतका आधारमा विजेता घोषणा गरिनेछ ।

आईसीसीमातहतको एउटा स्वतन्त्र आईसीसी भोटिङ एकेडेमी र विश्वभरका समर्थकले सामाजिक सन्जालमार्फत गरेको मतलाई आधार मानिनेछ ।

दीपेन्द्रले फेब्रुअरी महिनामा ओमानमा दुई प्रतियोगिता खेले । नेपालसहित ओमान, आयरल्याण्ड र युएई सम्मिलित चारदेशीय शृंखला र ट्वान्टी–२० विश्वकप छनोटमा दीपेन्द्रले नेपालका लागि महत्त्वपूर्ण प्रदर्शन गरेका थिए ।

विश्वकप छनोटमा नेपाल तेस्रो हुँदा दीपेन्द्रले १५९ रन र ६ विकेट लिएका थिए । चारदेशीय शृंखलामा १४२ रन बनाएका थिए भने ४ विकेट लिएका थिए ।

सम्बन्धित् समाचार