काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा लेखिएका ‘स्टाटस’ हटाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
बुधवार केन्द्रीय समितिको बैठकलाई सम्बोधनमा उनले पार्टी बहुमतको निर्णय मान्नुपर्ने बताउँदै एमसिसीविरुद्धमा लेखिएका स्टाटस हटाउने निर्देशन दिएका हुन्। निर्देशनलाई नमानी एमसिसीको विरोधमा लेखिरहे स्पष्टीकरण सोध्ने अवस्था आउने चेतावनी समेत दिए।
अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासँगै एमसिसीमा रहेका सबै अस्पष्टता हटेको दाबी गरेका छन्।








